जनकपुरधामको प्रसिद्ध राजदेवी मन्दिरमा १५ हजार २ सय ५१ बोकाको बली चढाइयो

अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,कार्तिक ६ गते।

जनकपुरधामको प्रसिद्ध राजदेवी मन्दिरमा १५ हजार २ सय ५१  बोकाको बली चढाइएको छ।

आइतबार साँझ ८ बजेर २० मिनेटमा सुरू भएको बलि कार्यक्रम सोमबार बिहान ४ बजेसम्म चलेको महावीर युवा कमिटीका अध्यक्षले जानकारी दिए।

आइतबार दिउँसोदेखि नै जनकपुरमा बलि चढाउनेहरूको भिड लागेको थियो ।

राजा जनकको कुलदेवता रहेको मन्यता रहेको राजदेवी मन्दिरमा वर्षमा एक दिनमात्र महाष्टमीको राती बोकाबलि हुने गरेको छ।

राजदेवी मन्दिरमा बोकाबलिका लागि मधेश प्रदेशका विभिन्न जिल्ला सहित भारतबाट समेत श्रद्धालुहरु आउने गर्दछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *