धनकुटा महोत्सवमा प्रमोद खरेलको प्रस्तुति हुनैलाग्दा भीडमा परी कम्तीमा २० जना घाइते

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,माघ १५ गते।

धनकुटा महोत्सवमा प्रमोद खरेलको प्रस्तुति हुनैलाग्दा भीडमा परी कम्तीमा २० जना घाइते भएका छन् । शनिबार साँझ महोत्सवमा प्रमोद खरेलको प्रस्तुति हुनैलाग्दा भागदौड मच्चिएको हो।

करिब ३ हजार क्षमता रहेको धनकुटा बजारको टुँडिखेलमा दोब्बर दर्शकको भिड रहेको थियो । महोत्सवमा प्रमोद खरेलको प्रस्तुति हुने क्रममा ठेलमठेल भएको र घाइते हुनेहरूमा केही बालबालबालिका पनि रहेको स्थानीयले बताए । घाइतेहरूलाई धनकुटा अस्पताल र धरानस्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा उपचारका लागि पठाइएको छ ।

घटनापछि तत्काल महोत्सव सञ्चालनमा रोक लगाइएको निमित्त प्रमुख जिल्ला अधिकारी ममता अधिकारीले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *