अघिल्ला दिनको तुलनामा आज र भोलि धेरै पानी पर्ने सम्भावना

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,असार २५ गते।

अघिल्ला दिनको तुलनामा आज र भोलि धेरै पानी पर्ने सम्भावना रहेको मौसमविदको भनाइ छ ।

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

आजै राति कोशी, मधेश, गण्डकी र लुम्बिनीमा एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

मनसुनको समयमा बाढी पहिरोको जोखिम रहने भन्दै सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आग्रह पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *