अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,साउन १३ गते।
काठमाडौँ महानगरपालिकाले प्लास्टिक प्रयोगमा निषेध गर्ने अभियानलाई कडाइ गर्ने भएको छ ।
कामपाले यही साउन १ गतेदेखि ४० माइक्रोनभन्दा कम मोटाइका पोलिथिन झोला, प्लास्टिकका फूल तथा सजावटका सामग्री प्रयोग गर्न नपाइने घोषणा गरेको थियो ।
सोही अनुसार काठमाडौं महानगरपालिकाले अनुगमनमा कडाइ गर्न लागेको हो ।
प्रहरीको क्षेत्रबाट चार टोली र केन्द्रबाट एउटा टोली गरी पाँच वटा टोली परिचालन हुने कामपा वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए ।
उक्त टोलीले माइक्रोमिटरबाट प्रयोगमा रहेका प्लास्टिकको जाँच गर्नेछ । जाँचिएका पोलिथिन ४० माइक्रोनभन्दा कम मोटाइका भए जफत गरी थप कारबाही गरिने छ । प्लास्टिकका फूल, प्लास्टिकका सजावटका सामान चाहिँ प्रयोग गर्न नपाइने प्रमुख श्रेष्ठले भने ।