सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि ब्यारेजका ५६ वटै ढोका खोलियो

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,साउन २९ गते।

सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि ब्यारेजका ५६ वटै ढोका अहिले खोलिएका छन् ।

सोमबार बिहान ४ बजेको पछिल्लो मापनअनुसार सप्तकोशी नदीमा पानीको बहाव ४ लाख ६२ हजार ३४५ क्युसेक पुगेको प्रशासनले जनाएको छ ।

तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *