अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,भदौ ८ गते।
निरन्तरको वर्षाले कमला नदीमा जल सतह बढ्दै गएको छ ।
सिरहामा अति भारी वर्षा मापन भएको छ। पछिल्लो २४ घन्टामा सिरहामा १०९ मिलिमिटर पानी परेको छ ।
बाढी पूर्वानुमान् महाशाखाका अनुसार लहान स्टेशको मापनमा पछिल्लो एक घन्टामा सिराहामा ४९.४ मिलिमिटर वर्षा भएको छ।
लगातारको वर्षाका कारणमा दूधकोशी र कमला नदीमा जल सतह सतर्कता तह पार गरेको छ।
दुधकोशी नदी खोटाङको रबुवाबजारमा ६ मिटर नाघेको छ। कमला नदी सिन्धुलीको रानीबासमा सतर्कता तह नाघेको छ।
प्रशासनले सिराहामा सतर्कता अपनाउन आग्रह गरेको हो ।