रसुवागढी नाका हुँदै ल्याईएको एक किलो सुनसहित एक महिला पक्राउ

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,भदौ १७ गते।

रसुवामा एक महिला शनिबार मितेरी पुलबाट एक किलो सुनसहित पक्राउ परेकी छिन्

पक्राउ पर्नेमा गोसाइँकुण्ड गाउँपालिका–३ बृद्धिम निवासी ४१ वर्षीया पाछेमु तामाङ रहेकी छिन् ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख सुवास बुढाथोकीले केरूङबाट अवैधरूपमा एक किलो सुन लुकाइछिपाइ रसुवागढी नाकाबाट नेपाल भित्र्याउन लाग्दा सीमा सुरक्षाकर्मीले तामाङलाई पक्राउ गरेको जानकारी दिए ।

थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *