रसुवागढी नाका हुँदै ल्याईएको एक किलो सुनसहित एक महिला पक्राउ

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,भदौ १७ गते।

रसुवामा एक महिला शनिबार मितेरी पुलबाट एक किलो सुनसहित पक्राउ परेकी छिन् ।

पक्राउ पर्नेमा गोसाइँकुण्ड गाउँपालिका–३ बृद्धिम निवासी ४१ वर्षीया पाछेमु तामाङ रहेकी छिन् ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख सुवास बुढाथोकीले केरूङबाट अवैधरूपमा एक किलो सुन लुकाइछिपाइ रसुवागढी नाकाबाट नेपाल भित्र्याउन लाग्दा सीमा सुरक्षाकर्मीले तामाङलाई पक्राउ गरेको जानकारी दिए ।

थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *