सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,भदौ २६ गते।

सुख्खा पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ।

इच्छाकामना गाउँपालिका–६ टोपेखोलामा आज बिहान सुक्खा पहिरो खस्दा मुग्लिन नारायणगढ सडक बन्द भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख विशाल तामाङले जानकारी दिए ।

सुक्खा पहिरो खसी दुईतर्फी सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएसँगै सो सडक भएर चल्ने सवारी साधन रोकिएका छन् ।

अहिले पहिरो पन्छाउने तयारी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *