अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,असोज १९ गते।
जितिया पर्वको आज निराहार व्रत बस्दैछन् ।
आश्विन कृष्णपक्षको अष्टमी तिथिका दिन गरिने यो एक अहोरात्रको व्रत आज मध्यरात बितेसँगै व्रत शुरु भएको हो।
सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक महत्व समेत छ ।
मिथिलाञ्चलमा मनाइने व्रतमध्ये जितिया व्रतलाई पवित्र व्रतको रूपमा मानिन्छ । निकै रमझमका साथ मनाइने यो पर्वमा यसवर्ष खासै उल्लास छैन । कोरोनाको प्रकोपका कारण धेरै महिलाले घरमै बसेर जितिया मनाइरहेका छन् । तीन दिनसम्म विभिन्न धार्मिक कार्य गरी यो पर्व मनाइन्छ ।