अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, असोज ३० गते।
आजदेखि सरकारले गैरआवासीय नेपालीहरूलाई नागरिकता वितरण गर्ने भएकाे छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बिहान बालुवाटारमा एक समारोहका बीच गैरआवासीय नेपाली संघका पदाधिकारीलाई नागरिकता हस्तान्तरण गरे।
आजैबाट गैरआवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनएको) ११औँ विश्व सम्मेलन काठमाडौँमा सुरु हुँदैछ । सोही दिन पारेर सरकारले नागरिकता वितरण सुरु गर्न लागेको हो ।