अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,कार्तिक ४ गते।
जनकपुरधाममा दसैं नेपालमै प्रसिद्ध रहेकाले यहाँका मन्दिर तथा शक्तिपिठलाई सजाइएको छ।
आइतबारदेखि सुरु भएको दसैंका लागि जनकपुरधामको राजदेवी मन्दिरसहित विभिन्न शक्तिपिठहरु सजाइएको छ।
यहाँका प्रमुख शक्तिपीठ र मन्दिरहरूलाई बेहुलीझैँ सिँगारिएपछि चहलपहल ह्वातै बढेको छ । राजा जनककी कुलदेवी राजदेवी माताको मन्दिरमा सबैभन्दा बढी आकर्षक सजावट गरिएको छ भने बौद्धिमाइ, अमरखाना माइ, सोनासति मन्दिरलगायत अन्य शक्तिपीठहरु पनि झकिझकाउ बनाइएका छन् ।