अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, मंसिर ६ गते।
ललितपुरको पुल्चोक आसपासको क्षेत्रमा जिल्ला प्रशासन कार्यालय ललितपुरले ६ महिनासम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।
निषेधाज्ञा जारी भएको ठाउँमा ५ जना भन्दा बढी व्यक्ति भेला भइ नारा, जुलुश, प्रदर्शन, धर्ना, घेराउ, अनशन जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न नपाइने पण्डितले निकालेको सूचनामा उल्लेख छ ।
पुल्चोकस्थित संयुक्त राष्ट्रसंघको कार्यालय र मन्त्री निवासको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर निषेधाज्ञा जारी गरेको उनले बताएका छन् ।
प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले मंगलबार बाट लागू हुनेगरी निषेधाज्ञा जारी गरेका हुन् ।
आदेशमा भनिएको छ, ’स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३.क) बमोजिम मिति २०८० साल मंसिर ०५ गतेदेखि आगामी ६ महिना सम्मका लागि पाँच जनाभन्दा बढि व्यक्ति भेला जम्मा भई नारा, जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गरिएको छ ।’