सिरहामा दुईवटा मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा तीनजना युवकको मृत्यु

अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,मंसिर ७ गते।

सिरहामा दुईवटा मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा तीनजना युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा सिराहाको अर्नामा गाउँपालिका– ५ का २७ वर्षीय दिनेशकुमार यादव, ३२ वर्षीय रामवृक्ष यादव र १९ वर्षीय मुकेशकुमार सिंह छन् ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स२प ४५३१ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश २–०१–००१ प १८५० नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डीएसपी रवीन्द्रराज पाण्डेले जनाएको छ ।

मोटरसाइकलमै सवार स्थानीय १५ वर्षीय युवराजकुमार यादव सख्त घाइते भएका छन् । उनलाई थप उपचारका लागि राति नै विराटनगर रिफर गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *