अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, असोज २० गते।
आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएका छन् ।
उनले सबै राजनीतिक दलसँग सहकार्यका लागि राजीनामा गर्न लागेको जानकारी दिएका हुन् ।
सर्वोच्च अदालतको परमादेशपछि भदौ २२ गते संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्री भएका कार्कीले पदीय जिम्मेवारी लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान बमोजिम आज विश्वासको मत लिन लागेका थिए ।
तर, दलहरुबीच सहमति जुटन नसकेको र बिश्वासको मत लिन आवश्यक मत नपुग्ने भएपछि विश्वासको मत लिनु अघि नै उनले राजिनामा दिएका हुन्।