घरमा ‘वास्तुदोष’ हटाउन के गर्ने ? प्रसिद्ध ज्योतिष गुरु बिबेक पाण्डेयद्धारा आजको वास्तु टिप्स

अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,भदौ ६ गते।

घरमा सुख र शान्ति कायम गर्न घरको वातावरण सकारात्मक रहनु महत्वपूर्ण छ। जुन घरमा वास्तु दोष हुन्छ त्यहाँ नकारात्मकता बढी हुन्छ। वास्तु दोषका कारण घरमा बस्ने मानिसहरूका विचारहरू नकारात्मक हुन सक्दछ। मानसिक तनावको सामना गर्नुपर्ने हुन्छ । यहाँ केहि विशेष चीजहरू घरमा राखेर वास्तु दोषहरू हटाउन सकिने विषयका बारेमा चर्चा गरिनेछ।

माछाको एक्वेरियम

घरमा माछाको एक्वेरियम राख्दा खुसी र समृद्धि ल्याउँछ । माछाले मानसिक शान्ति दिनुका साथै पैसा आकर्षित गर्छ र कुनै पनि विपत्तिलाई आफूले लिन्छ । त्यसकारण, एक्वेरियमलाई घरमा राख्नु हुँदा एउटा कुरा ध्यानमा राख्नुहोस् कि घरमा साना एक्वेरियममा सुनौलो माछा पाल्नु सौभाग्यबर्द्धक हुन्छ । माछालाई सफलता र व्यापार बृद्धिको प्रतीक मानिन्छ । त्यसकारण, सधैं ध्यान राख्नुहोस् कि एक्वेरियममा ८ वटा माछा सुनौलो रङको र एक कालो रङको हुनु पर्छ । यदि कुनै माछा मर्छ भने, यो विश्वास गरिन्छ कि यसले घरको परिवारको सदस्यसँग कुनै समस्या आफूसँग लिएर गयो।

कछुवा

कछुवा तपाईंको जीवनको सफलता र प्रगतिको लागि पनि धेरै महत्वपूर्ण छ । यो आयु बढाउन र जीवनमा प्रगतिको सम्भावना बढाउन निकै शुभ मानिन्छ ।  कछुवाले चमत्कारपूर्ण तरिकाले सबै इच्छाहरू पूरा गरी, लक्ष्मीलाई सदाको लागि घरमा ल्याउन सकिन्छ । समृद्धिका लागि धातुबाट बनेको कछुवा लिएर यसलाई पानीले भरिएको भाँडामा हाल्नुहोस् । यसपछि यसलाई घरको उत्तरी क्षेत्रमा लगेर राख्नुहोस् । कछुवाको यो उपायले तपाईंको उमेर बढाउँनुका साथै जीवनमा प्रगति गर्न थुप्रै अवसरहरू प्रदान गर्दछ । यो उपायमार्फत तपाईं वित्तीय समस्याबाट पनि मुक्त हुनुहुनेछ।

 

(जन्मकुण्डली र हस्तरेखामा आधारित भविष्यवाणी र वास्तुसम्बन्धी परामर्श प्रदान गर्दै आउनुभएका प्रसिद्ध ज्योतिष  गुरु बिबेक पाण्डेयलाई ९८१२००५३७८ मा सम्पर्क गर्न सक्नुहुनेछ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *