नवरात्रको छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजा-आराधना गरिँदै

अनलाईन न्युजपाटी ,जनकपुरधाम,ज्योतिष,समाचारदाता,कार्तिक ३ गते।

नवरात्रको छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजा-आराधना गरिँदै छ ।

कात्यायनी देवीको उपासना र आराधना गर्नाले भक्तहरुलाई सजिलै धर्म, अर्थ, काम र मोक्ष प्राप्त हुन्छ भन्ने जनविश्वास छ । कात्यायनी नेपालकोअछाम जिल्ला अन्तर्गत बैद्यनाथ क्षेत्रमा जन्मेकी हुन् ।  माता कात्यायनी देवीको पूजा अर्चना गर्नाले रोग, शोक, सन्ताप र भय नष्ट हुनुको साथै जन्मको समस्त पाप पनि नष्ट हुन्छ भन्ने मान्यता छ ।

विश्वप्रसिद्ध महर्षी कात्यायनले भगवती पराम्बाको उपासना गरे । उनले कठोर तपस्या गरे । उनले पुत्री प्राप्तिका लागि माता पराम्बाको उपासना गरेका थिए । माता पराम्बा उनको भक्ति देखेर खुशी भएर छोरीको रुप लिएर उनको घरमा जन्म लिइन् । यसरी यी देवीको नाम कात्यायनी रहन गयो । यिनको गुण शोधकार्य छ । त्यसैले यी देवीको वैज्ञानिक युगमा कात्यायनीको महत्व सर्वाधिक रहेको छ । माता कात्यायनीको कृपाले नै सबै कार्य पूरा हुन्छ भन्ने विश्वास छ । यी देवी वैद्यनाथ नामक स्थानमा प्रकट भएकी थिइन् । जुन ठाउँ नेपालको अछाम जिल्लामा पर्छ । माता कात्यायनी अमोघ फलदायिनी छिन् ।

भगवान कृष्णलाई श्रीमानको रुपमा पाउनका लागि ब्रिजका गोपिनीहरुले यिनै देवीको पूजा गरेका थिए । त्यो पूजा कालिन्दी यमुनाको तटमा गरिएको थियो । त्यसैले यी देवी ब्रजमण्डलकी अधिष्ठात्री देवीको रुपमा प्रतिष्ठित छिन् । यिनको स्वरुप अत्यन्त भव्य र दिव्य छ । यिनी स्वर्ण जस्तै चम्किली र भाष्वर छिन् ।

यिनका चार हातहरु छन् । दायाँतर्फको माथिल्लो हात अभयमुद्रा रहेको छ तथा तल्लोतर्फको हात वरमुद्रामा रहेको छ । माताको बायाँतिरको माथिल्लो हातमा तलवार र तल्लो हातमा कमलको फूल सुशोभित छ । यिनको वाहन पनि सिंह नै हो । यिनको उपासना र आराधनाले भक्तहरुले सजिलै धर्म, अर्थ, काम र मोक्ष प्राप्त गर्न सक्छन् । त्यसैले भनिन्छ यी देवीको उपासना गर्नाले परम पदको प्राप्ति हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *