अनलाईन न्युजपाटी ,जनकपुरधाम,ज्योतिष,समाचारदाता,कार्तिक ५ गते।
आज नवरात्रको आठौं दिन महागौरी देवीको पूजा–आराधना गरिदैं छ ।
महागौरी भगवती दुर्गाको आठौं स्वरूप हो । अघिल्लो दिन आराधना गरिने कालरात्रिको विपरीत महागौरी गोरो वर्णकी र शान्त स्वरूपकी छिन् । शिवकी शक्ति महागौरीलाई शाम्भवी पनि भनिन्छ । साँढेमा बसेकी यिनले एक हातमा त्रिशुल र अर्को हातमा डमरु लिएकी छिन्। अरु दुई हातले अभय र शान्त मुद्रा प्रदर्शन गरेकी छिन् ।
देवीको आराधनाका लागि नवरात्रको अष्टमी विशेष मानिएको छ । यो दिन मध्यरातमा दशैंघर तथा शक्तिपीठमा ‘कालरात्रि’ गरिन्छ । आफ्ना परम्परामा ग्राह्य पशुहरूको बलिसहित विशेष पूजा आराधना गरिन्छ । महाष्टमीमा महाकालीको विशेष पूजा हुन्छ । भैरवहरूको विशेष पूजा पनि यही दिन हुन्छ ।
तान्त्रिक विधानअनुसार शस्त्रअस्त्रको पूजा गर्ने चलन पनि छ । नवरात्रका दिन नसक्नेले यो दिन दुर्गा सप्तशती पूरै पाठ गर्छन् ।