आईपीएलमा पञ्जाब किंग्सले मुम्बई इन्डियन्सलाई १३ रनले पराजित गर्यो

अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,वैशाख १० गते।

आईपीएलमा पञ्जाब किंग्सले मुम्बई इन्डियन्सलाई १३ रनले पराजित गरेको छ ।

वाङखडे स्टेडियममा पन्जाबले दिएको २१५ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर २०१ रन मात्र बनायो ।

मुम्बईका लागि क्यामरून ग्रीन र सूर्यकुमार यादवले अर्धशतक प्रहार गरे।

ग्रीनले ४३ बलमा ६ चौका र तीन छक्का प्रहार गर्दै ६७ रन बनाउँदा यादवले  २६ बलमा ७ चौका र  तीन छक्का प्रहार गर्दै ५७ रनको योगदान गरे।

कप्तान रोहित शर्माले २७ बलमा ४ चौका र तीन छक्कासहित ४४ रन बनाए। टिम डेभिडले नटआउट २५ रनको योगदान गरे।

बलिङतर्फ पञ्जाबका अर्शदिप सिंहले चार विकेट लिँदा नाथन इलिस र लियम लिभिङ्स्टोनले एक विकेट लिए।

टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले ८ विकेटको क्षतिमा २१५ रन बनाएको थियो।

जितसँगै पञ्जाब ८ अंकसहित तालिकाको पाँचौं स्थानमा पुगेको छ। मुम्बई ६ अंकसहित सातौं नम्बरमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *