एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपाल आज यूएई ए विरुद्ध खेल्दै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,साउन ३ गते।

एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपाल आज यूएई ए विरुद्ध खेल्दै छ ।

सो खेल नेपाली समय अनुसार बिहान १०: १५ बजेबाट सुरु हुनेछ ।

समूह बी मा यसअघि नै लगातार दुई खेल हार्दै बाहिरिसकेको नेपाल र यूएई दुवै टिम यस खेल जित्दै सुखद अन्त्य गर्ने योजनामा छ ।

नेपाल र यूएई ए यसअघि पाकिस्तान ए र भारत ए सँग पराजित भएका थिए ।

नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट र दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित भएको थियो । यूएई भारतसँग ८ विकेट र पाकिस्तानसँग १८४ रनले पराजित भएको थियो ।

आजै भारत र ए र पाकिस्तान ए बीच खेल हुनेछ । यस खेलले समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *