अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,भदौ २५ गते।
वर्षाका कारण स्थगित भएको भारत र पाकिस्तानबीचको खेल आज हुँदैछ ।
स्थानीय समय अनुसार खेल साढे २ बजे सुरु हुनेछ।
कोलोम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले हिजो २४ ओभर १ बलमा २ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको अवस्थामा वर्षा शुरु भएको थियो । आज भारतले खेल यहीबाट शुरु गर्नेछ । भारत र पाकिस्तानबीचको खेलमा ‘रिजर्भ डे’ राखिएको थियो । त्यसैले खेल जहाँ रोकिएको थियो त्यहीँबाट शुरु हुनेछ ।
आज हुन नसकेको अवस्थामा भने खेल रद्द हुँदै दुवै टोलीले एक/एक अङ्क बाँड्नेछन् ।