एसियाली खेलकुदको पुरुष क्रिकेटमा भोलि नेपाल र भारतबीच क्रिकेट प्रतिस्पर्धा हुने

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, असोज १५ गते।

एसियाली खेलकुदको पुरुष क्रिकेटमा भोलि नेपाल र भारतबीच क्रिकेट प्रतिस्पर्धा हुने भएको छ ।

एसियाडको जारी खेलको लक्की ड्र मार्फत क्वाटरफाइनमा नेपालको खेल भारतसँग परेको हो । कप्तान कप्तान रोहित पौडेलले प्रतिस्पर्धी टिम रोजाइको ‘लक्की ड्र’ निकाल्दा भारतको चिट निकालेका हुन ।

भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तान र बंगलादेश विश्वकप क्रिकेटको तयारीमा छन् । त्यसैले उनीहरुले एसियाली खेलकुदमा दोस्रो श्रेणीको टिमलाई पठाएका छन् ।

समूह चरणमा मंगोलिया र माल्दिभ्सलाई हराउँदै नेपाल क्वार्टर फाइनलमा पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *