अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, असोज २६ गते।
आईसीसी एकदिवसीय विश्वकपमा आज भारत र पाकिस्तान भीड्दै छ।
भारत र पाकिस्तानबिचको रात्रि खेल नेपाली समयअनुसार, दिउँसो २:१५ बजे सुरु हुनेछ ।
यी दुवै राष्ट्रको विश्वकपमा यो १३औँ सहभागिता हो । भारत र पाकिस्तान दुवै एकदिवसीय विश्वकपको पूर्वविजेता पनि हुन् ।
भारतले दुई र पाकिस्तानले एकपटक विश्वकपको उपाधि उचालेका छन् । भारतले सन् १९८३ र सन् २०११ मा विश्वकप जितेको थियो । पाकिस्तानी टोलीले भने सन् १९९२ मा विश्वकपको उपाधि जितेको थियो ।