एकदिवसीय विश्वकपमा आज भारतले बंगलादेशको सामना गर्दै

अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,कार्तिक २ गते।

एकदिवसीय विश्वकपमा आज भारतले बंगलादेशको सामना गर्दैछ । खेल दिउँसो २:१५ बजेदेखि हुनेछ ।

दुवै टोलीको यो विश्वकपमा चौथो खेल हुनेछ । भारतले पहिलो तीन खेल जितेको छ । टोलीले पहिलो खेलमा अस्ट्रेलिया, दोस्रोमा अफगानिस्तान र तेस्रो खेलमा पाकिस्तानलाई हराएको थियो । टोली हाल ६ अङ्कसहित अङ्क तालिकाको दोस्रो स्थानमा छ ।

बंगलादेशले तीन खेलमध्ये एउटा मात्र जित्न सकेको छ भने २ खेलमा हार बेहोरेको छ । टोलीले आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो । जहाँ टिम इङ्ल्यान्ड र न्युजिल्याण्डसँग पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *