अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,कार्तिक ७ गते।
एकदिवसीय विश्वकप २०२३ मा आज बंगलादेश र दक्षिण अफ्रिका भिड्दैछन्।
खेल मुम्बईको वानखेडे स्टेडियममा दिउँसो २:१५ बजे सुरु हुनेछ ।
दक्षिण अफ्रिकाले चारमध्ये तीन जित र एउटा मात्र हारेको छ । अर्कोतर्फ, बंगलादेशले चारमध्ये तीन हारेको छ र एउटा मात्र जितेको छ।
एकदिवसीय विश्वकपमा दुवै टोली बराबरीमा छन् । प्रतियोगितामा यी दुईबीच ४ वटा खेल भएका थिए । दक्षिण अफ्रिकाले २ खेल जित्यो भने २ खेल बंगलादेशले जितेको छ ।