अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, मंसिर ९ गते।
नेपाल सुपर लिगको दोस्रो दिन आज दुई खेल हुँदै छन् ।
दशरथ रंगशालामा आज दिउँसो १ बजे पोखरा थन्डर्स र एफसी चितवन भिड्दा साँझ ५:३० मा हुने खेलमा ललितपुर सिटीले बुटवल लुम्बिनीको सामना गर्दै छ।
जारी संस्करणमा ९ टिमले प्रतिस्पर्धा गर्दै छ। लिग तालिकाको शीर्षस्थानमा रहनेले दोस्रो हुनेसँग पहिलो क्वालिफायर खेल्ने छ। पहिलो क्वालिफायर विजेता टोली फाइनलमा पुग्दा। पराजित टोलीले अर्को मौका पाउने छ।
शीर्ष दुईस्थानमा आउने टिमसँग फाइनल प्रवेशका लागि दुई अवसर हुने छ। त्यसपछि तेस्रो र चौँथौं स्थानमा रहनेबीच इलिमिनेटर हुने छ। दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरको पराजित र इलिमिनेटरको विजयीबीच प्रतिस्पर्धा हुने छ।
त्यसपछि फाइनल पहिलो र दोस्रो क्वालिफायर विजेताबीच हुने छ।