अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, मंसिर २६ गते।
एसीसी यू-१९ एसिया कपमा नेपालले आज भारतसँग खेल्दै छ ।
खेल दुबईमा बिहान पौने ११ बजे शुरु हुनेछ।
समूह ए मा नेपाल यसअघि दुवै खेलमा पराजित भएको थियो भने भारतले एक जित र एक हारको नतिजा निकालेको छ ।
नेपाल पहिलो खेलमा पाकिस्तानसाग ७विकेट र दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो ।
आज नै हुने अर्को खेलमा पाकिस्तानले अफगानिस्तानको सामना गर्नेछ।
पाकिस्तानले ठूलो अन्तरले अफगानिस्तानलाई हराएमा र नेपालले पनि ठूलो अन्तरले भारतलाई हराउन सके मात्र नेपाल सेमिफाइनलमा पुग्न सक्नेछ।