अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, पुस २४ गते।
कर्णाली प्रदेश लोक सेवा आयोगले विभिन्न पद पूर्तिका लागि आवेदन आह्वान गरेको छ ।

आयोगले आज एक सूचना जारी गर्दै विभिन्न २४ पदका लागि दरखास्त आह्वान गरेको छ ।
प्रशासन र लेखामा गरेर खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि सार्वजनिक सूचनामार्फत दरखास्त आह्वान गरेको छ । आयोगले प्रशासन सहायक, लेखा सहायक, लेखापाल, आन्तरिक लेखा परीक्षक गरी २४ जना कर्मचारी लागि दरखास्त आह्वान गरेको हो।
न्यूनतम योग्यता पुगेका उमेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । माघ १५ गतेसम्म आवेदन दिन सकिनेछ।