अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, जेठ १९ गते।
अत्यधिक गर्मी बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले गर्मी बिदा बढाएको छ।
नेपालगञ्ज उपमहानगरपालिकाले आगामी असार ७ गतेसम्म विद्यालयमा गर्मी बिदा दिएको छ ।
अत्यधिक गर्मीका कारण पठनपाठनमा समस्या तथा विद्यार्थीको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने देखिएकाले नेपालगञ्ज उपमहानगरपालिकाले यही जेठ २० देखि असार ७ गतेसम्म गर्मी बिदा दिएको छ ।
यसअघि नेपालगञ्ज उपमहानगरपालिकाले यही जेठ १५ देखि १८ गतेसम्म गर्मी बिदा दिएको थियो।