राष्ट्रियसभा सदस्य निर्वाचनका आज मतदाताको अन्तिम नामावली प्रकाशन गरिने

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, पुस २२ गते।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज मतदाताहरुको अन्तिम नामावली प्रकाशित हुँदैछ ।

प्रकाशित नामावलीमा कुनै मतदाताको नाम समावेश हुन छुटेको भए नाम समावेश गर्न, नाम समावेश भएको व्यक्तिको नाम, थर, उमेर, पद आदि विवरण सच्याउनु पर्ने भए सच्याउन र मतदाताको विरोधमा उजुरी दिनुपर्ने भए सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिन सकिने व्यवस्था थियो । ती सबै प्रक्रिया सकेर पुस २२ आज अन्तिम मतदाता नामावली प्रकाशित गर्न लागिएको निर्वाचन आयोगले जनाएको छ ।

पुस २३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उमेदवारी दर्ताको समय छ । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सांसद र पालिका प्रमुख–उप्रमुख मतदाता हुन्छन् ।

निर्वाचन कार्यतालिका अनुसार पुस २७ गते उमेदवारको अन्तिम नामावली प्रकाशन हुने छ भने पुस २८ मा उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदानको समय  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *