परराष्ट्रमन्त्री नारायणप्रकाश साउद आज अस्ट्रेलिया जाने

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, माघ २४ गते।

परराष्ट्रमन्त्री नारायणप्रकाश साउद आज अस्ट्रेलिया जाने भएका छन् ।

पर्थमा हुने सातौं हिन्द महासागर सम्मेलनमा भाग लिनका लागि परराष्ट्रमन्त्री साउद आज अष्ट्रेलिया जान लागेका हुन्।

यही माघ  २७ गते स्थिर र दिगो हिन्द महासागरतर्फ,’ विषयमा हुन लागेको सम्मेलनलाई मन्त्री साउदले सम्बोधन गर्ने कार्यक्रम छ। पर्थमा रहँदा उनले अष्ट्रेलियाको विदेशमन्त्री पेनी वोङसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्

परराष्ट्रमन्त्री साउद १५ फेब्रुअरीमा स्वदेश फर्कनेछन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *