अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, चैत २७ गते।
उपनिर्वाचनका उम्मेदवारहरुको अन्तिम नामावली आज प्रकाशित हुँदैछ ।
आयोगका अनुसार आज बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिइएको छ ।
आयोगले आज दिउँसो ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी ५ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने छ ।
उपनिर्वाचनको मतदान भने वैशाख १५ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने छ ।