राष्ट्रपति रामचन्द्र पौडेल कतारमा

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, जेठ ३० गते।

राष्ट्रपति रामचन्द्र पौडेल कतारमा पुगेका छन् ।

राष्ट्रपति पौडेल बुधबार जेनेभा प्रस्थान गर्ने कार्यक्रम रहेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए पौडेल अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को आयोजनामा हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औँ उच्चस्तरीय सत्रको सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’-ग्लोबल कोलिसन फर सोशल जस्टिस’को उद्घाटन सत्रमा प्रमुख वक्ताकारुपमा सहभागी हुनेछन् ।

राष्ट्रपति पौडेलले जेठ ३१ गते सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन मञ्चलाई सम्बोधन गर्नेछन् ।

स्विट्जरल्याण्डको भ्रमणपछि राष्ट्रपति पौडेल असार १ गते जेनेभाबाट जर्मनीको बर्लिन प्रस्थान गर्नेछन् ।

उनले संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्रैङ्क–वाल्टर स्टाईनमायेर निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न लागेका हुन् ।

राष्ट्रपति पौडेल भ्रमण गरी असार ५ गते स्वदेश फर्कनेछन्

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *