त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले आज नामिबियासँग खेल्दै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, फागुन १५ गते।

त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले आज नामिबियासँग खेल्दै छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ११:३० बजेदेखि सुरु हुनेछ ।

शृङ्खलाका लागि नेपाली टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले रोहितकुमार पौडेलको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरिसकेका छन् ।

आजको खेलपछि नेपालले फागुन १६ गते नेदरल्यान्ड्ससँग खेल्नेछ । यस्तै, नेपालले फागुन १८ गते पुनः नामिबिया र १९ गते नेदरल्यान्ड्ससँग खेल्नेछ । शृङ्खलाको लिग चरणबाट शीर्ष दुई टोली उपाधिका लागि फाइनलमा भिड्नेछन् । फाइनल खेल फागुन २२ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *