अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, फागुन १६ गते।
त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा आज नेपाल नेदरल्यान्ड्सविरुद्ध खेल्दैछन् । खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिहान ११:३० बजेदेखि शुरु हुनेछ ।
पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो ।
यसअघि लिग-२ अन्तर्गत दुवै खेलमा नेपाल नामिबियासँग हारेको थियो । हिजोको खेलमा नामिबियाले दिएको २ सय ७ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १८ ओभर ५ बलमा अलआउट हुँदै १ सय ८६ रन मात्र बनाउन सक्यो ।
नेपालले आज टोलीमा दुई परिवर्तन गर्ने बलियो सम्भावना छ ।
नेपाल र नेदरल्यान्ड्सबीच हालसम्म टी-२० आई खेलमा ९ खेल भएका छन् । समान ४ खेलमा जित र हार नेपालले व्यहोरेको छ ।