अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,जेठ ३ गते।
आईपीएलमा बुधबार राति भएको खेलमा पञ्जाब किंग्सले राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गरेको छ ।
पहिले खेल्दै राजस्थानको टोलीले २० ओभरमा ९ विकेट गुमाएर १४४ रन बनाएको थियो । जवाफमा पञ्जाबले १८.५ ओभरमा १४५/५ रन बनाएर लक्ष्य पुरा गर्यो ।
दोस्रो स्थानमा रहेको राजस्थान रोयल्सले लगातार चौथो हार बेहोरेको छ । राजस्थानले प्लेअफमा स्थान पक्का गरेपनि शीर्ष २ मा रहन नसक्ने खतरा पनि बढेको छ । आइपीएलमा कोलकाता नाइटराइडर्सले मात्रै शीर्ष २ मा रहेन पक्का गरेको छ ।
अब शीर्ष २ मा रहनका लागि राजस्थानले अन्तिम खेल जित्नु पर्छ । यस्तोमा १८ अंक हुनेछ, तर सनराइजर्स हैदरावादसँग पनि दुई खेल बाँकी रहँदा १८ अंक पुग्ने मौका छ र यसको नेट रनरेट पनि राम्रो छ । यस्तो अवस्थामा शीर्ष २ मा पुग्न राजस्थानले आफ्नो जितसँगै हैदरावादको हारमा भर पर्नु पर्नेछ ।