अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता, साउन २५ गते
जनकपुरमा रेलवे लिक क्रस गर्ने क्रममा रेल र कार ठोक्किएका छन् ।
थापाचोकस्थित रेलवे लिक क्रस गर्ने क्रममा बागमती प्रदेश ०१–२५ च १२९० नम्बरको कार र रेल एक आसपमा ठोक्किएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहका अनुसार घटनाको विस्तृत विवरण आउन बाँकी छ।
दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन भने कार र रेलको केही भागमा क्षति पुगेको प्रहरीले जनाएको छ।