अत्यधिक बढेको चिसो र शीतलहरका कारण जनकपुरधाम उप–महानगरपालिकामा विद्यालयहरूमा चार दिन जाडो बिदा

अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता, पौष  १३ गते

अत्यधिक बढेको चिसो र शीतलहरका कारण जनकपुरधाम उप–महानगरपालिकाले विद्यार्थीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा चार दिन जाडो बिदा दिएको छ ।

जनकपुरधाम -उपमहानगरपालिकाले शनिवार एक सूचना जारी गरी मौसममा अपेक्षित सुधार नआएपछि यसअघि घोषणा गरिएको जाडो बिदालाई निरन्तरता दिँदै पुस १३ गतेदेखि १६ गतेसम्म पुनः जाडो बिदा कायम गरिएको जनाएको छ ।

पत्रमा उल्लेख भएअनुसार बाक्लो हुस्सु, अत्यधिक चिसो र शीतलहरका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने सम्भावना देखिएकाले यो निर्णय लिइएको जनाइएको छ । उप–महानगरपालिका अन्तर्गत सञ्चालनमा रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूले उक्त अवधिमा पठन–पाठन बन्द गरी जाडो बिदा कार्यान्वयन गर्न अनुरोध गरिएको छ ।

साथै मौसममा सुधार आएपछि विद्यालय सञ्चालनसम्बन्धी थप सूचना आवश्यकता अनुसार सार्वजनिक गरिने पनि जनाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *