तराईमा बाक्लो हुस्सु र कुहिरो केही दिन कायम रहने

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, पौष १० गते

देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल तराईका अधिकांश स्थानहरूमा कुहिरो लागेको छ ।

तराई भूभागमा हुस्सु तथा कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

पछिल्लो एक हप्तायता तराईका धेरै ठाउँमा हुस्सु र कुहिरोले जनजीवनक कष्टकर बन्दै आएको छ । दिउँसो अबेरसम्म घाम नलाग्दा स्थानीयबासिन्दालाई घरबाहिर निस्कन समेत समस्या छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *