आज सरस्वती पूजा मनाइँदै

अनलाईन न्युजपाटी ,जनकपुरधाम, समाचारदाता,माघ २१ गते  

आज सरस्वती  पूजा मनाइँदै छ। माघ शुक्ल पञ्चमीका दिन पर्ने यस पर्वमा विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिन्छ

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणीजस्ता नामले पुकार्छन् ।

यस अवसरमा विद्यालय नपठाइएका साना बालबालिकालाई अक्षरारम्भ गराउने परम्परा रहेको छ। आजकै दिन लेखपढ गर्न सिकाए राम्रो विद्या प्राप्त हुने मान्यता छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *