दाङमा गएराति प्लाई उद्योगमा आगलागी

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, चैत्र ११ गते  

दाङमा गएराति प्लाई उद्योगमा आगलागी भएको छ।

दाङको घोराही उपमहानगरपालिका–९ खैरास्थित सांग्रिला प्लाई उद्योगमा आगलागी भएको छ ।

करिब २ बजेदेखि सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । 

आगो निभाउन जिल्लाका सबै ठाउँबाट दमकल र टयाङ्कर ल्याएर आगो निभाउने प्रयास भइरहेको जानकारी दिए। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासी आगो निभाउने कार्यमा खटिएका छन्।

आगलागीको कारण खुल्न सकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *