आज – ३२ आषाढ २०८२ बुधवार को राशिफल

अनलाईन न्युजपाटी जनकपुरधाम,ज्योतिष विवेक पाण्डेय,समाचारदाता, असार ३२ गते

मेष (चुचेचोलालिलुलेलो)#Aries:

कर्मप्राप्तिका लागि गरिएका प्रयास सफल हुनेछन्। मनमा शान्ति मिल्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ। स्वास्थ्यमा गडबडी

वृष (बाबिबुबेबो)#Taurus :

अभिभावकको आशीर्वाद मनन गर्नुहाेला। कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ।

मिथुन (काकिकुकेको)#Gemini:

खर्च बढ्नुका साथै विभिन्न जोखिम आइलाग्ने समय छ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। दिनको उत्तरार्ध सुखद् रहनेछ। निर्णयमा अडिक रहनुस्।

कर्कट (हिहुहेहोडाडिडुडेडो)#Cancer :

साथीभाइको राम्रो सल्लाह र सद्भावना प्राप्त हुनेछ। राम्रो सहयात्रीको मिलन हुने सम्भावना छ। स्वास्थ्यमा समस्या आउँन सक्छ। अचल सम्पत्ति हात पर्ला।

सिंह (मामिमुमेमोटाटिटुटे)#Leo :

अध्ययन–अध्यापनको क्षेत्रमा प्रगति। राजनैतिक कार्यमा बाधा आउनेछ। नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ सचेत रहनुहोला।

कन्या (टोपिपुपेपो)#Virgo :

अनावश्यक दौडधुप गर्नु पर्नेछ, काममा चुनौती। पारिवारिक कलहको सम्भावना छ। अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला। महत्वपूर्ण अवसर गुम्न सक्छ।

तुला (रिरुरेरोतातितुते)#Libra :

केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला। केटा तथा केटी साथीबाटा टाढा रहनुहोला। मनमा चिन्ता। धार्मिक यात्राबाट आनन्दी।

वृश्चिक (तोनानिनुनेनोयायियु)#Scorpio:

सुनचाँदी जस्ता धातुको कारोवारबाट लाभ मिल्नेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। धार्मिक कार्य सफल रहनेछ। आज तपाईका लागि रमाइलो दिन छ।

धनु (येयोभिभुफाभे)#Sagittarius :

मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ। मौनता अपनाउनु राम्रो। पारिवारिक कलहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ।

मकर (भोजिखिखुखेखोगागी)#Capricorn :

जग्गा खरिद विक्रीका लागि तपाईको आजको दिन शुभ हुनेछ। नाक तथा घाँटीमा समस्या आउला। मनमा प्रशन्नता। पारिवारिक कलह।

कुम्भ (गुगेगोसासिसुसेसो)#Aquarius:

रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ। आँटेको र ताकेको कार्य पुरा होला। बोलीको प्रभाव पनि बढ्नेछ। यात्रामा सावधानी अपनाउनु पर्नेछ।

मीन (दिदुदेदोची)#Pisces :

जोखिमपूर्ण चुनौतीको सामना गर्दा तपाईलाई आज शुभ हुने योग छ। केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, तपाइका साथी र आफन्तलाई ठेस पुग्न सक्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *