आईपीएलको फाइनल आज: बेंगलुरु र पञ्जाब उपाधिका लागि भिड्दै

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, जेठ २० गते

आईपीएल २०२५ को फाइनल खेल हुने भएको छ ।

आईपीएल  क्रिकेटको उपाधिका लागि आज रोयल च्यालेन्जर्स बेंगलुरु र पञ्जाब किङ्स फाइनलमा भिड्दै छन् ।

फाइनल खेल बेलुका पौने ८ बजेदेखि अहमदाबादस्थित विश्वकै ठुलो नरेन्द्र मोदी क्रिकेट रंगशालामा हुनेछ ।

बेंगलुरु यसअघि २००९, २०११ र २०१६ मा फाइनलमा पराजित भएको थियो भने पञ्जाबले २०१४ मा आफ्नो एक मात्र फाइनल गुमाएको थियो।

पञ्जाबका लागि कप्तान श्रेयस अय्यर शीर्ष स्कोररका रूपमा उदाएका छन्। उनले १६ खेलमा ६०३ रन बनाएका छन्, जसमा उनको उत्कृष्ट अविजित ९७ रन यही नरेन्द्र मोदी स्टेडियममा आएको थियो। उनले क्वालिफायर-२ मा मुम्बईविरुद्ध पनि अविजित ८७ रनको महत्वपूर्ण पारी खेलेका थिए। बलिङतर्फ, अर्शदीप सिंह १६ खेलमा १८ विकेट लिएर टोलीका सर्वाधिक विकेट लिने खेलाडी हुन्।

बेंगलुरुको ब्याटिङमा विराट कोहलीले १४ खेलमा ८ अर्धशतकसहित ६१४ रन बनाएका छन्। अर्का ओपनर फिल सल्टले उत्कृष्ट सुरुवात दिँदै आएका छन् भने देवदत्त पडिक्कल र मयंक अग्रवालले मध्यक्रममा जिम्मेवारी निभाएका छन्। कप्तान रजत पाटिदार पनि नम्बर-४ मा प्रभावकारी साबित भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *