त्रिदेशीय टी २०आई खेलमा आज नेपालले स्कटल्याण्डको सामना गर्दै

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, असार ३ गते

त्रिदेशीय टी २०आई खेलमा आज नेपालले स्कटल्याण्डको सामना गर्दै छ ।

खेल स्कटल्याण्डको ग्लासग्लोमा बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ ।

सोमबार राति भएको सिरिजको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग तेस्रो सुपर ओभरमा पुगेर पराजित भएको थियो ।

तर, यता स्कटल्याण्ड लगातार दोस्रो जितको खोजीमा छ । पहिलो खेलमा स्कटल्याण्डले नेदरल्याण्ड्सलाई ३९ रनले हराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *