अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, भदौ ६ गते
अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० शृङ्खलाअन्तर्गत आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल नेपाली समयअनुसार अपराह्न ३:१५ बजे प्रारम्भ हुनेछ ।
११ टोलीमध्ये अंक तालिकाको सातौँ स्थानमा रहेको नेपालले सेमिफाइनल प्रवेशका लागि आजको खेल जित्नैपर्ने दबाब छ ।