अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, असोज ३१ गते
आईसीसी टी-२० विश्वकप छनोटमा नेपाल आज सामोआसँग भिड्दै छ ।
खेल ओमानको इमारातमा दिउँसो सवा ४ बजे सुरु हुनेछ।
नेपाल र सामोआबिच पहिलो पटक भिडन्त हुन लागेको हो। यो प्रतियोगितामा अपराजित एक मात्र टिम नेपाल सुपर सिक्समा आठ अङ्कसहित शीर्ष स्थानमा रहेको छ। घरेलु टिम ओमान छ अङ्कसहित दोस्रो स्थानमा छ।
अन्तिम दिन आज ओमानले पनि जापानको सामना गर्ने छ। आज ओमानको जित र सामाओविरुद्ध नेपालको हार भएमा भने रनरेटको आधारमा उपाधि विजेताको छिनोफानो हुनेछ।