एनपीएलमा आज काठमाडौँ गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदै

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, मङ्सिर ३ गते

एनपीएलमा आज काठमाडौँ गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदै छ

आज दिउँसो ४ बजे काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सले खेल्दैछन् ।

सुदूरपश्चिमले आज पहिलो खेल खेल्न लागेको हो । यसअघि हिजो दुई खेल भएकोमा चितवन राइनोजले कर्णाली याक्सलाई ४ विकेटले र विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई ५३ रनले हराउँदै विजयी शुरूआत गरेको छ ।

एनपीएलमा विराटनगर, जनकपुर, काठमान्डु, चितवन, कर्णाली, सुदूरपश्चिम, पोखरा र लुम्बिनी लायन्स गरी आठ वटा टोली सहभागी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *