अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, मङ्सिर ११ गते
एनपीएल क्रिकेटमा आज पहिलो खेलमा बिहान पौने १२ बजे लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् ।
तीनवटा खेल खेल्दा सबैमा जितेको सुदूरपश्चिम ६ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । तीनमध्ये दुईमा हार बेहोरेको लुम्बिनी तालिकाको छैटौं स्थानमा छ ।
यस्तै दिउँसो ४ बजे जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स खेल्दैछन् । दुई खेल खेलेकोमा दुबै हार बेहोरेको जनकपुर तालिकाको सातौं स्थानमा छ । यस्तै दुईमध्ये दुबै खेल हारेको पोखरा तालिकाको पुछारमा छ । एनपीएलमा आठ वटा फ्रेन्चाइज टोली सहभागी छन् । यही मङ्सिर १ गतेदेखि शुरू भएको दोस्रो संस्करणको एनपीएल आउँदो २७ गतेसम्म चल्नेछ ।