अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, पौष ६ गते
बङ्गलादेशमा २७ वर्षीय हिन्दु युवालाई कुटपिट गरी हत्या गरिएको अभियोगमा १० जना पक्राउ परेका छन्।
भीडले कुटपिट गरी हत्या गरेर दिपु चन्द्र दासको शरीरमा आगो लगाएको थियो । दिपु चन्द्र दासलाई ईश्वरनिन्दाको आरोपमा भीडले क्रूर रूपमा कुटपिट गरेर उनको शरीरलाई रूखमा झुण्ड्याएर आगो लगाइएको समाचार आएका छन् ।
यस घटनामा र्यापिड एक्सन बटालियनले सात जना संदिग्धहरूलाई पक्राउ गरेको मुहम्मद युनुसले बताएका छन् । स्थानीय प्रहरीले तीन जना अभियुक्तलाई पक्राउ गरेको बताइएको छ।
यो जानकारी बङ्गलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा शेयर गरेका छन्।