आजको मौसम कस्तो रहला ?

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, पौष ६ गते

हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विभागले जनाएको छ ।

दिउँसो देशभर आंशिक बदली रहने छ। राति पनि देशभर आंशिक बदली रहने महाशाखाको भनाइ छ। देशका तराई भू-भागमा तापक्रम हल्का घट्ने तथा हुस्सु लाग्ने सम्भावना रहेकाले सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *