अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, फाल्गुन १ गते
नेपाली बजारमा सुनको भाउमा आज सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ बिहीबार प्रतितोला ३ लाख ६ हजार ५ सयले कारोबार भइरहेको सुनको मूल्य ३ हजारले घटेको छ । यस्तै, चाँदी प्रतितोला ३ सय ४० रुपैँयाले घटेर ५ हजारमा कायम भएको छ ।
बिहीबार छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ५०० र एक तोला चाँदीको मोल ५ हजार ३४० मा कारोबार भएको थियो । यसैगरी, बुधबार छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ६०० र एक तोला चाँदीको मोल ५ हजार २९० कायम भएको थियो ।